दफा
बोर्डको गठन र सञ्चालकहरूको कार्य अवधि
: (१) सञ्चालकहरूको बोर्ड (यसपछि “बोर्ड” भनिएको) मा देहाय बमोजिमका पाँच जना सञ्चालकहरू रहनेछन्ः–
(क) समितिको महाप्रबन्धक ।
(ख) गैरसरकारी शेयरहोल्डरहरू मध्येबाट साधारण सभाद्वारा निर्वाचित एकजना ।
(ग) सरकारी शेयर बापत नेपाल सरकारले मनोनयन गरेको एक जना ।
(घ) पत्रकारिता, प्रकाशन वा साहित्य क्षेत्रमा ख्याति प्राप्त व्यक्तिमध्येबाट नेपाल सरकारले मनोनयन गरेको एक जना ।
(ङ) समितिमा काम गर्ने शेयरहोल्डर कर्मचारी मध्येबाट निर्वाचित एक जना ।
(२) साधारण सभाद्वारा निर्वाचित हुने व्यवस्था नभएसम्म वा उपदफा (१) को खण्ड (ङ) अन्तर्गत शेयरवाला कर्मचारी मध्येबाट निर्वाचित हुने व्यवस्था नभएसम्म शेयरहोल्डरबाट निर्वाचित हुने सञ्चालक पनि नेपाल सरकारबाट मनोनीत हुनेछ ।
(३) बोर्डको अध्यक्ष नेपाल सरकारले तोक्नेछ र त्यसरी अध्यक्ष नतोकेकोमा बोर्डको अध्यक्षता समितिको महाप्रबन्धकले गर्नेछ ।
(३क) खण्ड (ख), (ग), (घ) र (ङ) अन्तर्गत निर्वाचित वा मनोनीत सञ्चालकहरूको कार्यावधि चार वर्षको हुनेछ र कार्यावधि सकिएपछि निजहरू पुन निर्वाचित वा मनोनीत हुन सक्नेछन्।
(४) उपदफा (३क) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (ग) र (घ) अन्तर्गत मनोनीत सञ्चालकको कार्यावधि पूरा नहुँदै निजको सट्टा नेपाल सरकारले अरु कुनै व्यक्तिलाई मनोनयन गर्न सक्नेछ ।
(५) साधारण सभाबाट वा समितिका कर्मचारीहरूबाट सञ्चालकको निर्वाचन भई कार्यभार सम्हाले पछि तिनका हकमा नेपाल सरकारबाट मनोनीत सञ्चालकहरू स्वतः खारेज हुनेछ ।
(६) ………………..